उपेन्द्रको ओली र देउवासँग छुट्टाछुट्टै भेट, सरकार छोड्ने प्रचण्डलाई धम्की

काठमाडौं । सरकारले १७ वर्ष अगाडी रौतहटको गौरमा २७ जनाको ज्यान जाने गरि भएको हत्याकान्डको छानविन गर्न पीडित परिवारसँग सम्झौता गरेपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
ओलीसँग मंगलबार बेलुकी र देउवासँग बुधबार बिहान उपेन्द्रले भेटवार्ता गरेका हुन् ।
उपेन्द्र सरकारले गौर हत्याकान्डका बारेमा उत्तिबेलै प्रहरीमा दिएको जाहेरीका आधारमा कारवाही प्रक्रिया अगाडी बढाउने विषयमा पीडित पक्षसँग सहमति गरेपछि झस्किएका छन् । उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीसँग असन्तुष्टि जनाउँदै आवश्यक परे सरकार छोडने विषयमा पनि प्रधानमन्त्रीलाई सांकेतिक चेतावनी दिएका छन् ।
त्यसैका लागि उनले मंगलबार बेलुकी एमाले अध्यक्ष केपी ओली र बुधबार बिहान कांग्रेस सभापति शेरवहादुर देउवासँग भेट वार्ता गरेका हुन् ।
कांग्रेसभित्र पनि गृहमन्त्री श्रेष्ठसँग नेताहरु सशकित छन् । उपेन्द्रले सरकारले गौह हत्याकान्डका पीडितसँग गरेको सहमतिपछि पार्टीको आकस्मिक बैठक बोलाएका छन् । यसबारेमा जसपाको कार्यकारिणी समितिमा अहिले छलफल हुँदैछ ।
जसपा माओवादी, एकीकृत समाजवादीसमेत मिलेर बनाएको समाजवादी मोर्चाको पनि एउटा प्रमुख घटक हो । उपेन्द्रले आफुहरु कारवाहीमा तानिदा सरकारबाट बाहिरिने चेतावनी प्रचण्डलाई दिएका कारण प्रचण्ड अप्ठ्यारोमा पर्न सक्ने ठानिएको छ ।
ओलीसाग उपेन्द्रले उस्तै परे आफुहरु सरकार छोडन सक्ने भन्दै नयाँ समिकरणका बारेमा छलफल गर्न सक्ने सन्देश दिन पुगेका थिए । देउवासँग भने कांग्रेस नेता बालकृष्ण खाँण पक्राउको विषय उठाउँदै उपेन्द्रले अहिले आफुमाथी अप्ठ्यारो पार्न खोजिएको बताएका थिए ।
यस्तोअ वस्था आए सरकारलाई टेको दिन नसक्ने उपेन्द्रको देउवासँग कुरा रहेको जसपा स्रोतले बतायो ।
उपेन्द्रले सरकार छोडने चेतावनी दिएपछि देउवा प्रधानमन्त्री प्रचण्डसँगको छलफलका लागि बालुवाटार पुगेका थिए । उपेन्द्रलाई देउवाले आफुले प्रचण्डसँग कुरा गर्ने बताएका थिए ।
त्यसपछि बालुवाटार पुगेका देउवा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ । यो वार्तापछि फेरि प्रचण्ड र ओलीका बीचमा पनि वार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको हिस्सेदार जसपाका प्रतिनिधि सभामा १२ जना सांसद छन् । उपेन्द्र सत्ता गठबन्धनकै साथले उपनिर्वाचनबाट संसद् छिरेका हुन् ।
जसपाले समर्थन फिर्ता लिए प्रचण्डले संसद्मा फेरि विश्वासको मत लिनुपर्नेछ । सरकारमा उपेन्द्रका दुई मन्त्री छन् ।
२०६३ सालमा रौतहटको गौरमा माओवादीले आयोजना गरेको सभामा भएको आक्रमणमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।
















प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम
विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया