क्विन्टल सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
मेरोन्यूज
२०८० साउन २६ गते ९:१९

काठमाडौँ । क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान पौने ८ बजे त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लिजिया लिन र लिउफुयान रहेको बताइएको छ ।
सुन तस्करी प्रकरणमा चिनियाँ कनेक्सनको अनुसन्धान गरिरहेको प्रहरीले सोही क्रममा यी दुईजनालाई पक्राउ गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले बताए ।
चीन फर्कन लागेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
पछिल्लो समय यो प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेकाे छ ।
सम्बन्धित

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया