सोमबार, मंसिर ८, २०८२

मेकअप आर्टिस्ट घिमिरेलाई बलिउड नायिका मनिषा कोइरालाको त्याे फोन

नरेन्द्र रौले २०८० साउन ३० गते ८:१७


झापा शिवसताक्षी नगरपालिकाका राजेश घिमिरे स्कुल पढ्दा स्केच बनाउँन, चित्र बनाउन रहर खुब रहर लाग्थ्यो । त्यस बेला उनलाई पढ्नुपर्छ, सरकारी जागिर गर्नुपर्छ भन्ने सपना थियो । रेडियो नेपालबाट नाम बज्दा खुसी हुने जमाना थियो त्यो । उनले पनि कैयौं पटक मुक्तक, कविता कोरेर रेडियो नेपालमा पठाए ।

जसै उमेर बढ्दै गयो, घिमिरेको रहर पनि फेरिँदै गयो । सन् २००५ मा फरक सपना बोकेर उनी काठमाडौं प्रवेश गरे । सीपमुलक केही काम सिकौं र त्यसैलाई पेशाका रुपमा अंगालौं भन्ने सपनाले उनलाई काठमाडौं डोर्‍याएको थियो । उनले हेयर एण्ड मेकअपको विशेष कोर्ष गरे । कोर्ष सके लगत्तै उनले यसैलाई पेशाका रुपमा अंगाले ।

यस्तो थियो घिमिरेको बिगत
घिमिरे कुनै बेला काठमाडौंको एक हस्पिटलमा ल्याब टेक्निसियनका रुपमा कार्यरत थिए । झापा, दमकस्थित एक हस्पिटलमा ल्याब टेक्निसियन सम्बन्धि दुई वर्षे कोर्ष गरेका उनले केही समय मेची अस्पतालमा काम गरेको अनुभव छ । राजधानी फर्केर उनले एक ल्याबमा काम गरे । त्यो बेला देशमा सरकार–माओवादी शसस्त्र द्वन्द्व चर्किरहेको थियो । सन् २००४ मा घिमिरे भारतको नयाँ दिल्लीस्थित सायम इन्सिट्च्युट्मा विशेष कोर्ष गर्न गए ।

डेढ वर्ष भारतको सिल्भी डिजाइनर स्कुलमा ८० हजार भारू तिरेर उनले विशेष कोर्ष गरे । उनको सिक्ने भोक मेटिईसकेको थिएन । लसम कोचर इन्सिट्च्युट्मा तीन महिने कोर्ष पनि गरे ।

भारतीय इन्सिट्च्युट्मा घिमिरेले धेरै कुरा सिके । कपालको कलरिङ, हाइलाइट्, पार्टी स्टाइल कसरी बनाउने, ब्राइडल मेकअप, फेसन आर्ट लगायत धेरै कुराको उनले ज्ञान हासिल गरे । त्यति मात्र होईन उपभोक्ताहरूसँग कसरी डिल गर्ने, समयको महत्वबारे राम्रैसँग बुझे ।

भारतमा स्पेशल कोर्ष गरेर नेपाल फर्किएका घिमिरेले सुरुमा हायात होटलको ब्युटिपार्लरमा काम गरे । त्यसमा चार महिना काम गरिसकेपछि उनमा आफ्नै काम गर्ने आत्मविश्वास पलायो । एक जना मिल्ने साथीसँग मिलेर सन् २००७ तिर उनले ‘आर्डेन द ब्युटि प्वाइन्ट’ को सूरुवात गरे । न्युरोडमा चार वर्ष सञ्चालन गरेपछि यसैलाई अझै ब्यबस्थित गर्न मन लाग्यो । ब्यापार राम्रो हुन थालेपछि उनमा अझ आत्मविश्वास पलाउँदै गयो ।

सन् २०१० मा न्युरोडबाट ‘आर्डेन द ब्युटि प्वाइन्ट’ कुपण्डोल सर्‍यो । त्यसपछि उनी काममा अहोरात्र यसरी खटिए कि लामो समयसम्म रेडियो सुनेनन्, टिभी हेरेनन्, पत्रपत्रिका पढ्न भ्याएनन् । कुनै–कुनै दिन त दिनको २/३ घण्टा मात्र सुते । बाँकी समय उनी काममै खटिए । ‘जाडो के हो, गर्मी के हो पत्तै भएन ।’ हालै भेटिएका घिमिरेले भने, ‘भोक, तिर्खा सहेर काम गरें । लोडसेडिङ हुने त्यो समयमा मैनबत्ति बालेर पनि काम गरियो ।’

‘त्यो जोश, जाँगर कसरी आउँछ तपाईमा ?’ घिमिरेलाई सोधियो ।

‘त्यो उर्जा अहिले पनि म मा छ ।’ उनले थपे, ‘आफ्नो काममा केन्द्रित भयो भने उर्जा सधैँभरी रहिरहन्छ ।’

आफूमा सीप छ, क्षमता छ भने मानिसहरू फर्किफर्कि आउँने रहेछन् । लामो समय हेयर एण्ड मेकअप आर्टिस्टका काम गरिसकेका घिमिरेको अनुभवले यही भन्छ । ‘आफ्नो उद्देश्य प्रष्ट भयो भने मानिसहरू जति टाढा भए पनि आईपुग्छन् ।’ उनले भने, ‘सुरूमा पार्लरमा आउने उपभोक्ताहरूलाई सन्तुष्ट पार्नुपर्छ ।’

मनिषा कोइरालाको त्यो फोन….
हेयर एण्ड मेकअप आर्टिस्ट घिमिरे आफ्नै काममा मस्त थिए । एकदिन उनलाई फोन आयो । ‘बाबु, तिमीसँग भएका मेकअप सामान लिएर मेरो मेरो घरमा आउ । तिम्रो ट्रायल लिनु छ ।’ त्यो फोन थियो बलिउड अभिनेत्री मनिषा कोईरालाको । विवाहको पूर्व सन्ध्यामा मनिषा कोइरालाले मेकअपका लागि आफ्नो निवास मण्डिखाटारमा उनलाई निम्त्याएकी थिईन् ।

चर्चित अभिनेत्री मनिषाले बोलाएपछि घिमिरे उत्साहित हुँदै मनिषा कोइरालाको निवास मण्डिखाटार पुगे । ‘म डराएको थिए“ ।’ उनले त्यो पल सम्झिँदै भने, ‘मसँग कति इक्विप्मेन्टहरु थिएनन् । तर, दिदीले मलाई एकैपटक ६ वटा बुकिङ डेट् दिनु भयो ।’ पछि उनले मनिषा कोईरालाको चार वटा फङ्सनको मात्र काम सम्पन्न गरे ।

‘तिमी काममा बेस्ट छौ ।’ घिमिरेको कामबाट खुसी हुँदै मनिषाले उनलाई भनिन् ‘तिमी भारतमा काम गर्न जाउ । कमाई राम्रो हुन्छ ।’ तर, घिमिरेलाई स्वदेशमै काम गर्नु थियो । अरुको मुलुकका पसिना बगाउन पटक्कै मनै थिएन । विवाहपछि पनि हरेक पटक नेपाल आउँदा मनिषाले भाईका रुपमा उनलाई फोन गरि रहिन् । सन् २०१० मनिषा कोइराला र स्नेहा राणाको हातबाट घिमिरेको ब्युटिपार्लर उद्घाटन भएको थियो । हाल उनले ९ जनालाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा रोजगारी दिलाएका छन् ।
घिमिरेले साझेदारीमा चलाएको ‘आर्डेन द ब्युटि प्वाइन्ट’ले मेकअप, ब्राइडल, कटिङ, कलरिङ, नेल आर्ट, आइलास र स्किन सम्बन्धि सेवाहरु प्रदान गर्दै आएको छ । छाला सम्बन्धि बिभिन्न रोग बिना औषधि निको पार्न सकिने उनी दावी गर्छन् । ब्राइडल मेकअपमा सन् २०११ देखी ठूलै परिवर्तन ल्याएको उनी दावी गर्छन् । ‘मेकअप भनेको बाहिर देखिने कुरा मात्र होईन आत्मविश्वास पनि हो ।’ उनी भन्छन्, ‘डेलि लाइफ स्टाइल पनि हो । ब्युटी कल्चरलाई हामीले नेपालमा स्थापित गरायौं ।’

स्वदेशमै काम गर्ने रहर
लामो समय हेयर एण्ड मेकअप आर्टिस्ट रुपमा काम गरिसकेपछि घिमिरेलाई बिभिन्न देशबाट काम गर्नका लागि अफरहरु आए । तर, उनले ति सबै अफरहरु त्यागि दिए । ‘आफू भन्दा मुनिका स्टाफप्रतिको जिम्मेवारी र साथीभाईको मायाले म विदेश गईनँ ।’ उनी भन्छन्, ‘युवा पुस्ता विदेश पलायन हुनु हुन्न । हामीले नेपालमै केही गर्नुपर्छ ।’

यस बिचमा घिमिरेले हेयर एण्ड मेकअप सम्बन्धि बिभिन्न वर्कसप चलाए । राजधानीमा मात्र होईन बाहिरका बिभिन्न जिल्लामा पुगेर समेत तालिम प्रदान गरे । सन् २०१५ मा भूकम्प पीडितहरुलाई कम्पनीकै खर्चमा इच्छुकहरूलाई तालिम प्रदान गरे । हालसम्म दुई हजार ५ सयदेखी करिब ३ हजार व्यक्तिहरूलाई तालिम प्रदान गरिसकेको उनी बताउ“छन् । यति लामो समयसम्म काम गर्दा कसैबाट कुनै गुनासो सुन्नु परेन, नराम्रो सुन्न परेन । ‘मसँग सिकेर गएकाहरूले यहि पेशा अंगालेर गुजारा गरिरहेका छन् ।’ उनले सुनाए ।

घिमिरेले प्राप्त गरेका अवार्डहरु
घिमिरेले ‘सनसिल्क बेस्ट हेयर स्टाइलिङ २००७’ मा फस्र्ट रनर अप जिते बापत नगद १५ हजार रुपैंयाँ प्राप्त गरेका छन् । यस्तै सन् २००८ मा ल्याक्मे ब्राइडल मेकअप प्रतिष्पर्धामा पहिलो भए बापत उनले ५० हजार रुपैंया“ प्राप्त गरे । युनिलिभर र सौन्दर्य कला व्यवसाय संघको आयोजनामा भएको ‘आइ मेकअप’ प्रतिष्पर्धामा ‘बेस्ट आइ मेकअप’ टाइटल विजेता बनेका थिए ।

सीप सिक्न विदेश यात्रा
सन् २००९ मा ६ महिना तालिमका लागि घिमिरे थाइल्याण्ड पुगे । बिभिन्न एकेडिमी र इन्सिट्च्युट्मा हेयर एण्ड मेकअप सम्बन्धि कोर्ष गरे । उनले सन् २०१७ मा विश्वकै बेस्ट हेयर स्टाइलिस्ट जर्जियोकोटलाई रसियाको सोचि शहरमा भेट्ने मौका पाए । एक महिना त्यहाँ बस्दा जर्जियोकोटस“ग तालिम लिन पाउ“दा उनी आफूलाई भाग्यमानि ठान्छन् । यस्तै सन् २०१८ मा उनले लण्डन जाने मौका पाए । त्यहाँ ब्राइडल एक्सपर्ट साफाज नोर्भुज नामक ब्यक्तिस“ग भेटघाट र केही सिक्ने मौका पाए ।
‘जीवनमा सिक्ने क्रम चलिरहन्छ ।’ घिमिरेले भने, ‘विद्यार्थी जस्तो भएर सिक्नु जस्तो आनन्द अरु कुनै कुरामा हुन्न ।’

प्रतिक्रिया