शनिबार, चैत २८, २०८२

नेप्से २०.३१ अंकले घटेर २०२५.१२ अंकमा झर्‍यो

मेरोन्यूज २०८० साउन ३१ गते १५:३१

काठमाडौँ । नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ अंकमा झरेको छ । बुधबार नेप्सेमात्र होइन, कारोबार रकम पनि केहि घटेको छ।

Advertisement
nepal life insurencenepal life insurence

अजा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ बराबरको ४८ लाख ३८ हजार १०६ कित्ता शेयर कारोबार भएको छ।

बैंकहरुले ब्याजदर बढाउने हल्लापछि शेयर बजारमा बिक्री चाप बढेपछि नेप्से घटेको हो । पछिल्लो समय केहि घटेको ब्याजदर पुनः बढ्ने डरले शेयर बजार घटेको हो ।

बिहीबार बैंकहरुले भदौको लागि नयाँ ब्याजदर तोक्दैछन्। अधिकाँश बैंकहरुले निक्षेपमा ब्याजदर बढाउने भएपछि शेयर बजार प्रभावित भएको हो ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै १.८५ प्रतिशतले घटेको छ।

आज बलेफी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.९९ प्रतिशतले बढेको छ भने स्वरोजगार लघुवित्तको ३.७७ प्रतिशत र थ्रि स्टार हाइड्रोपावरको २.४० प्रतिशतले बढेको छ।

यता माउन्टेन हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै ८.०६ प्रतिशतले घटेको छ भने स्वेत गँगा हाइड्रोपावरको ८.०३ प्रतिशत र धवलागिरी लघुवित्तको ७.८९ प्रतिशतले घटेको छ।

हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएका छ भने शिवम् सिमेन्टको ७ करोड १४ लाख र आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया