सोमबार, चैत ३०, २०८२

मालिका ग्रुप एण्ड होल्डिङ कम्पनीको वार्षिकोत्सव सम्पन्न

मेरोन्यूज २०८० भदौ ४ गते १२:३५

कैलाली। मालिका ग्रुप एण्ड होल्डिङ कम्पनी प्राईभेट लिमिटेडको २३ औं वार्षिकोत्सव कैलालीको टीकापुरमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले सुदूर पश्चिममा निजी क्षेत्र तर्फ सबैभन्दा बढि रोजगारी सिर्जना गर्न सफल भएकोमा प्रशंसा गर्दै मालिका ग्रुपको थप व्यवसायिक सफलताको कामना गरे ।

महासंघका अध्यक्ष भण्डारीले आर्थिक मन्दीका कारण संकटमा परेका व्यवसायीहरु जोगाउने दायित्व राज्यको भएपनि राज्यको उदासिनताका कारण थप प्रताडित भएको बताए ।

उनले बैंकको चर्को व्याजका कारण व्यवसायीहरु मर्कामा परेको बताउदै बैंकको व्याज समायोजनका लागि सरकार अग्रसर हुनु पर्ने बताए ।

मालिका ग्रुप एण्ड होल्डिङ कम्पनी प्राईभेट लिमिटेडका अध्यक्ष टीकाराम जैसीले सिमित पूँजीबाट २७ वर्षअघि गल्ला र हार्डवेयरबाट शुरु गरेको व्यवसाय मालिका ग्रुपका रुपमा अहिलेको अवस्थामा आईपुग्नुमा कर्मचारीहरुको योगदान रहेको बताए ।

उनले मालिका ग्रुप अन्तर्गत हाल सञ्चालनमा रहेका १९ वटा शाखा मार्फत पाँच सय भन्दा बढि व्यक्तिले रोजगारी पाएको जानकारी दिए ।

जैसीले मालिका ग्रुपको व्यवसायिक सफलतामा योगदान पु¥याउने सम्पूर्ण कर्मचारीहरुप्रति आभार व्यक्त गरे ।

मालिका महिला उद्यमी कम्पनी प्रा।लिकी अध्यक्ष कल्पना जैसीले कर्मचारीहरुको अथक मिहिनेत र ईमान्दारीका कारण मालिका ग्रुप अहिलेको अवस्थामा पुगेको बताईन ।

मालिका ग्रुपका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र जैसीले मालिका ग्रुप अन्तर्गत १० वटा कम्पनी र एके ट्रेडर्स र रोशनी ट्रेडर्स मार्फत १८ वटा शाखा सञ्चालनमा रहेको जानकारी दिए ।

उनले मालिका ग्रुपले आर्थिक वर्ष २०७९/८० मा ३०० करोड रुपैयाको कारोबार गरेको बताए ।

मालिका देवी कृपा फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत संशाक जैसीले व्यवसायसंगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले फाउण्डेसनको स्थापना गरिएको बताउदै फाउण्डेसनले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सामाजिक कार्य गर्ने बताए ।

कैलालीको टीकापुरमा शुरु गरेको व्यवसाय काठमाण्डौंसम्म फैलाएका जैसीले मालिका ग्रुप मार्फत सुदूर पश्चिममा रोजगारीका अवसरहरु सृजना गरेकोमा वक्ताहरुले मुक्तकण्ठले प्रशंसा गरे ।

समारोहमा टीकापुर नगरपालिकाका उपमेयर खड्क शाह, संबिधान सभा सदस्यद्धय हरी ज्ञवाली, भगत बडुवाल, नेपाल उद्योग व्यापार महासंघका महासचिव खेमनारायण पराजुली, एशोसियट उपाध्यक्ष यज्ञ पन्त, सहकोषाध्यक्ष लोकजंग लामा, केन्द्रीय सदस्य सुन्दर बके, लम्की उद्योग वाणिज्य संघका अध्यक्ष तथा मालिकादेवी कृपा फाउण्डेसनका उपाध्यक्ष पदम राज चौलागाई, पश्चिम टुडेका प्रधान सम्पादक दीर्घराज उपाध्याय, आरएमई स्कुलका संस्थापक तथा नेपाल जेसिजका पूर्व उपाध्यक्ष टेकराज रेग्मी, पत्रकार मात्रिका तिमिल्सेना, परमानन्द पाण्डेय, झनाथ खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


समारोहमा मालिका ग्रुपको बिभिन्न जिम्मेवारीमा रही उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु र सुदूर पश्चिममा बिभिन्न क्षेत्र र बिधामा योगदान पु¥याउने सम्मान गरिएको थियो ।

प्रतिक्रिया