दीपाश्रीको जन्मदिनमा दीपकले भने, ‘मलाई चोट लाग्दा तिमीले ऐया भन्याै’

काठमाडौं । अभिनेता तथा निर्देशक दीपक राज गिरीले अभिनेत्री दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भावुक कविता पोस्ट गर्दै उनले दीपालाई आफ्नो जीवनको उत्कृष्ट साथी भएको बताएका छन् ।
दीपकले तीन दशकअघि दीपाश्रीलाई पहिलो पटक भेट्दाको अनुभव सेयर गरेका छन् । उनले सुरुमा दीपा आफूलाई घमन्डी लागेको तर बुझ्दै जाँदा उनी निकै फरक पाएको बताएका छन् ।
दीपकले आफूलाई चोट लाग्दा दीपालाई दुख्ने पनि बताएका छन् ।
यस्ताे छ उनकाे कविता :
यो केटी त कस्ती घमण्डी ! मै हूँ भन्छे !
बोल्ने त परै जाओस् हेर्दा पनि हेर्दिन !
आज भन्दा करिब ३ दशकअघि तिमीसंगको पहिलो भेट, मलाइ आज पनि याद छ ।
जसरी हामी किताबको कभर हेरेकै भरमा
पूरै विषय अनुमान गर्छौ ठीक त्यस्तै
तिमी प्रतिको धारणा पनि तुरुन्तै बनाएको थिए मैले !
तर मलाइ थाहा थिएन यो त्यही केटी हो
जो अरूको पीडालाई आफ्नो सम्झेर समय बिताउँछे !
जिन्दगीको खेलमा आफू हार्छे
तर अरूलाई जिताउँछे !
म प्रतिको तिम्रो योगदानलाई त
सिर्फ एक शब्दमा बुनेको छु ।
चोट मलाई लाग्दा, तिमीले ऐआ भनेको सुनेको छु !
कमजोरी पनि भनिदिन्छु,
यहाँ हरेकको हातमा क्यालकुलेटर छ
कहाँ फाइदा, कहाँ बेफाइदा
कहाँ जोर छ, कहाँ बिजोर छ
दिमागै दिमागको शहरमा तिमी, मनको कुरा गर्छौ
त्यसैले तिम्रो हिसाब कमजोर छ ।
मेरो जिन्दगीको उत्कृष्ट साथीलाई जन्मदिनको लाखौं करोडौं र अरबौ शुभकामना ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया