सोमबार, मंसिर ८, २०८२

‘गदर -२’ बन्याे यस वर्ष सर्वाधिक कमाउने दोस्रो फिल्म, १४ दिनमा कति कमायाे ?

मेरोन्यूज २०८० भदौ ८ गते ९:४३

काठमाडौं । सन्नी देओलको ‘गदर -२’ यस वर्ष हिन्दी सिनेमाको दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटक एक्सन र रोमाञ्चक कथाको यो फिल्मले बक्स अफिसमा अहिलेसम्म ४ सय करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।

अगस्ट ११ मा सिनेमाघरमा रिलिज भएको ‘गदर २’ ले बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ । पछिल्लो १२ दिनदेखि फिल्मले बक्स अफिसमा लगातार दोहोरो अंकमा कमाई गरिरहेको छ । तर १४ औं दिन भने फिल्मले पहिलो पटक सिंगल डिजिटमा कलेक्सन गरेको छ । यसदिन फिल्मले ८ करोड भारु कलेक्सन गरेको हो ।

१४ औं दिनको कमाई सहित फिल्मको कुल कलेक्सन ४१८ करोड भारु नाघेको छ। गदर २ सन्नी देओल र अमिषा पटेलको फिल्मी करियरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

प्रतिक्रिया