मलाइका र अर्जुनको ‘ब्रेकअप’ भएकाे हाे ?
मेरोन्यूज
२०८० भदौ ८ गते ११:१०

काठमाडाैं । बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अराेराकाे डेटिङ खबर बेला-बेला मिडियामा आइरहेका हुन्छन् । उनीहरू कैयौं पार्टी तथा कार्यक्रमहरूमा सँगै सहभागी भइरहेका पनि देखिन्छन् । दुवैको प्रेमचर्चा सुरु भएको करिब तीन वर्ष भइसकेको छ ।
यसैबीच यो जोडीको ब्रेकअप भएको भन्दै खबरहरु सार्वजनिक भइरहेका छन्। जुन खबरलाई अझै हावा दिने काम गरेको छ अर्जुन एक्लै घुम्न जानुले ।
अर्जुनले हालै एक्लै छुट्टि मनाइरहेका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तस्बीर पोष्ट गर्दै उनले लेखेका छन्, ‘जीवन छोटो छ । आफ्नो ‘विकेन्डस्’ लामो बनाउनुहोस्।’ यही पाेष्ट देखेर उनीहरुका फ्यानले ब्रेकअप भएको आँकलन गरिरहेका हुन् ।
यद्यपि हालसम्म अर्जुन र मलाइकाले यस अफवाहबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया