सोमबार, चैत ३०, २०८२

गोलभेँडाको भाउ घट्यो, यस्ताे छ आजको बजारभाउ

मेरोन्यूज २०८० भदौ १० गते ९:४२

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मूल्यसूचीमा हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ । तर, अघिल्लो दिनको तुलनामा तनेबोडी, तितोकरेला, कन्ने च्याउमा प्रतिकेजी १० रुपैयाँले बढेको छ ।

डल्ले च्याउको मूल्य प्रतिकेजी ३० रुपैयाँले बढ्दा भटमास कोशा, घिरौँला, गोलभेँडा, लोकल परवलको मूल्यमा प्रतिकेजी ५ देखि १० रुपैयाँ घटेको हो ।

समितिका अनुसार ठूलो गोडभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ । शनिबार प्रतिकेजी ८० रुपैयाँ तोकिएको गोलभेँडाको बजार मूल्य ७० रुपैयाँ तोकिएको छ ।

आइतबार नेपाली सानो गोलभेँडाको मूल्य प्रतिकेजी १८ रुपैयाँले घटेको छ । शनिबार नेपाली सानो गोडभेँडाको न्यूनतम बजार मूल्य ५८ रुपैयाँ थियो ।

रातो आलु ५२ रुपैयाँ, भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाँजर १०० रुपैयाँ तथा स्थानीय काउली ६० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ । घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ६०, तने बोडी ८०, मकै बोडी ७०, भटमासकोशा ११०, तितो करेला ७०, लौका ६०, लोकल परवल ५०, घिरौंला ५०, हरियो फर्सी ८०, फर्सी पाकेको ४५, स्कुस ५०, कन्य च्याउ १६०, डल्ले च्याउ ३८०, कुरीलो ४५०, ब्रोकाउली १५०, काँक्रो लोकल ६० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ ।

शनिबारको तुलनामा फलफूलको मूल्य भने स्थिर छ । बजारमा केरा दर्जनको १४० रुपैयाँमा छ । स्याउ फूजी ३५०, अनार ३००,आँप दशहरी २२०,कालो अंगुर ४५०,तरबुजा ७०,मौसम १२०,नासपाती लोकल ७०,किवी ७०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

प्रतिक्रिया