सोमबार, चैत ३०, २०८२

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

मेरोन्यूज २०८० भदौ ११ गते ८:०९

काठमाडौं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence


कार्यक्रममा नेपाल बैंकर्स एसोशियनका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेका थिए । मर्जर एक्वीजीसन पश्चात्का वर्षहरुमा बैंकहरुमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्था भन्दा भिन्न हिसाबले नबिल बैंकले आर्थिक वर्ष २०७९–८० मा बैंकिङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले यो अवार्डमा छनौट भएको आयोजकको भनाई छ ।

उक्त कार्यक्रममा नबिल लगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङ्गको विभिन्न विधामा अवार्डबाट सम्मानित गरेको थियो ।


नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया