शारुक ताम्राकारको आत्महत्या प्रकरणमा नम्रता श्रेष्ठको यस्तो छ प्रष्टीकरण

सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार,इस्टमित्र, दर्शक तथा शुभचिन्तक हरू मा हार्दिक नमस्कार ।
धेरै समय पछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सुचना हजुरहरू माझ प्रवाह गर्न जादै छु । सन्दर्भ नेपाली चलचित्र ‘माया’ छायाङकनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको छ । सर्वप्रथम स्वर्गीय कलाकार सारूकको निधनप्रति हार्दिक श्रद्धान्जली तथा शोकशन्तप्त परिवार प्रति गहिरो समवेदना ब्यक्त गर्न चाहन्छु ।
स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए । ऊनी सहयोगी भावना भएका मिलनसार ब्यति थिए । यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ । यस दुखद घडीमा मृतआत्माको चिर शान्तिको कामना गर्दछु ।
यो घटना केही दिन पहिले घटेको हो । तर अहिले आएर सामाजिक सञ्जालमार्फत म केही बोल्न बाध्य भए– सामन्य अबस्थामा पनी त्यक्तिसारो मिडियामा आउने मान्छे होइन म । तर हाल यो घटना पश्चात एकलौटी रुपमा विभिन्न मिडिया मार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो । मेरो परिवार र हाम्रो कानुनी टीमले त्यो किसीमको हर्कतलाइ नजिकबाट नियालिरहेका थियौ ।
एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ । मेरो मौनतालाइ कमजोरी नठान्न अपिल गर्दछु । म एक महिला मात्र नभएर कलाकार पनि हो । अनी नेपाली नागरिक । हरेक नेपाली नागरिकको बाच्न पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देशमा कानुन मरेको छैन । यो कानुनी राज्य हो, झुटको खेती गर्नु हुने सबै दिग्गज महानुभावहरुलाइ सत्यको बाटो हिड्नको लागी आग्रह गर्दछु ।
थुप्रै मिडयाहरुबाट कल आएको थियो, मेरो फोन मेरो दादा सॅग हुन्थ्यो । अहिले पनि मेरो परीवारले नै हयान्डल गर्नु हुन्छ तर मिडियामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन । मैले बिभन्न टेलिभिजनबाट लाइभ अन्तर्वार्ता दिन सक्थे तर बिगतमा मैले दिएको अन्तवार्ताहरु लाइ बिभीन्न कुरा जोडेर तोडमोड गरियो । ट्रा्ल बनाउने प्रयास भयो । त्यसकारण यस बखत टेलिभिजन अन्तवार्तामा आइन । आवश्यक पर्दा दिउला त्यस मा कुनै संकोच छैन । यो घटनासँग जोडीएका फ्रेब्रिकेटेट समाचार र विभिन्न भिडियोहरू मेरो कानुनी टिमले हेर्ने नै छ । म यस चलचित्रको एक कलाकार पनि थिए, सोही चलचित्रको कलाकार भएको कारण मैले प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुराहरू बयान दिनु स्वाभाविक थियो होला । तर यहाँ एकतर्फी रुपमा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे । त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ ।
आत्महत्या जस्तो सम्बेदनशील बिषयलाइ ग्लोरिफ्राई गर्नु उचित हुदैन । पत्रकार देशको चौथो अङ्ग हो म उहाँहरूलाइ सधै सम्मान गर्छु । स्वच्छ पत्रकारिता पत्रकारको धर्म हो । तर केही पित पत्रकारीता गर्ने अनलाइन मिडियाहरू बाट यो घटना पछी भ्यूजका लागी जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन समाचार प्रति म घोर भर्त्सना गर्दछु।
यो किसीमका तथ्यहीन समाचारप्रति सम्पूर्ण देश बिदेशमा रहनु भएका मेरा आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु । म आफै पनि मेन्टल हेल्थ कोSURVIVOR & ADVOCATE समेत भएकोले मैले सोचें कसैको यस्तो सम्मेदनशील बिषयलाइ मिडियामा ल्याउन उचित ठानिन । म सम्पूर्ण रुपमा घर अनी हस्पिटल तिर नै रहें । तर कपोकल्पित तबरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु फिँजाइयो । जबकी इण्डिया भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ । प्रहरी प्रशासनलाइ बयान दिन जादा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहररुले भन्नु भयो– तपाई त बिदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर ।
तर कतै भिजिट गरेको देखिन्नत भनेर सरप्राइज हुनु भयो । चलचित्र मेकीङ टिम र मृतकका परिवार सॅग मेरो परिवारका सदस्यहरू र सहयोगीले शुरुका दिनहरु बाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन ।
म आफु बिरामी नै थिए परीवार कै रेखदेख मा रहें । जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो म तुरुन्त प्रहरी कार्यालय हाजिर भए । यो घटना सम्बन्धि डिटेल सोधपुछ भयो जे जे यथार्थ थियो र हो सबै बताए । सो चलचित्रको मेकिङ टिम, कलाकारहरु सबै जना सॅग सोधपुछ भइरहेको जस्तो लाग्छ । किनकी सो चलचित्रको कलाकार म मात्र थिइन। नेपाल प्रहरी बिश्व कै टप छ । अनुसन्धानमा अब्बल प्रहरी हो भन्ने भनाइ छ । आशा छ यो घटना को सत्यतथ्य पक्कै पनि दुध को दुध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ ।
केही अपराधी नउम्कयोस निर्दोष नफसोस भन्ने भनाइ हो । जहाँसम्म कालो बोका र बुटीको कुरा लाइ फण्डा बनाइएको थियो । अहीले को एक्काईसैं शताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्ति संगत हुन्छ होला ? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबैलार्इ धर्म मान्ने स्वतन्त्रता छ । सबैले मनन गरौं । पुजा गर्ने गुरुको कुरा छ जुन चर्चाको नाम थियो उहांलाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिइ सकेको छ । अनुसन्धानलाइ प्रभाव पार्ने काम कोही कसै बाट नगरौं ।
‘JUSTICE FOR SARUK ‘ निष्पक्ष छानबिन होस, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाइ अनुसन्धानको सवालमा पूर्ण सपोट रहने छ । अन्तमा मृतकको सम्पूर्ण परिवारलाइ धैर्य धारण गर्ने शक्ति मिलोस । आदरणीय पुराना बरिस्ठ कलाकार सानु ताम्राकार ज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु । यदी सत्य हो भने शीघ्र स्वास्थ्य लाभको गर्दछु १ चलचित्र मेकिङ टिम र मृतकको परिवारहरु प्रति मेरो भन्नु केही छैन । प्रशासनलाइ सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ । धन्यबाद । श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन, सबै को जय होस ।
– नम्रता श्रेष्ठ
काठमाडौं, नेपाल
मिति : 2080/05/11 गते सोमबार
मैले यो लेखेर पहिले नै पोष्ट गर्न तयार गरेको थिए किनकी रियालिटी बाहिर थाह होस भनेर । तर मेरो परीवारको सुझाव अनुसार प्रहरीअनुसन्धानमा बाधा पुग्ने भएकोले गरीन । त्यही कुरालाई अहिले जस्ताको तेस्तै पोष्ट गरेको छु ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
प्रतिक्रिया