आइतबार, चैत २९, २०८२

माण्डु हाइड्रोपावरको आइपीओ भोलिसम्म भर्न पाइने

मेरोन्यूज २०८० भदौ १२ गते ८:१८

काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओमा भोलिसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा मागभन्दा साढे साढे ४ गुणा बढी आवेदन परेकाले छोटो अवधिमा नै निष्काशन बन्द हुनेछ । सिडिएससीका अनुसार सोमबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको आइपीओमा ४ लाख ९८ हजार ८०९ आवेदकले ५५ लाख १६ हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात आज भदौ १० गतेबाट सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँड नभएको ७९ लाख ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गरेको हो ।

सोमध्ये २८ हजार ८५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। कम्पनीले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँडफाँड गरेको हो।

उक्त आइपीओमा प्रतिकित्ता २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया