‘९६औं अस्कर अवार्ड’का लागि नेपाली चलचित्र माग
मेरोन्यूज
२०८० भदौ १२ गते १२:१०

काठमाडौं । नेपालस्थित ओस्कार कमिटीले ९६औं ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्म आह्वान गरेको छ।
कमिटीले सोमबार वक्तव्य जारी गर्दै सन् २०२२ डिसेम्बर देखि २०२३ अक्टोबरसम्म प्रदर्शन भएका फिल्मलाई प्रतिस्पर्धाका लागि आह्वान गरेको हो।
इच्छुक फिल्मले सेप्टेम्बर १५ सम्म फिल्म दर्ता गरिसक्नुपर्ने जनाइएको छ। ओस्करका लागि छनोट भएको फिल्म अक्टोबर १ सम्ममा अमेरिका पठाइसक्नुपर्ने उल्लेख गरिएको छ।
प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र ०७९ असोज १५ गतेभन्दा पछि तथा ०८० असोज १४ गतेभन्दा अगाडि नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ । चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्र घरमा सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने जनाइएको छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया