आज पनि ५.०५ अंक घट्यो नेप्से, कारोबार रकम ओरालो लाग्यो

काठमाडौँ । नेप्से परिसूचक मंगलबार पनि घटेको छ । सोमबार घटेको नेप्सेले मंगलबार पनि त्यही लयलाई निरन्तरता दिएको हो ।
मंगलबार नेप्से परिसूचक ५.०५ अंक घटेर १९९३.४२ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.७१, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।
सोमबार ९८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज दिन २७८ स्टकको २९ हजार ६४० पटकको कारोबारमा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य यस दिन ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमूल्य ९.९९ प्रतिशत बढेको छ। आज शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर ५ प्रतिशतभन्दा कम छ।
कारोबार रकमका आधारमा आज माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको यस दिन ३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स र नेपाल टेलिकमको ३ करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ।
आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी अरु उपसमूहको परिसूचक घटेको छ।

















हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया