सोमबार, चैत ३०, २०८२

७ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

मेरोन्यूज २०८० भदौ १८ गते १५:५०

काठमाडौँ । नेप्से परिसूचक ७.०४ अंक बढेर १९६७.८३ विन्दुमा पुगेको छ। तीन दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, सोमबार ७ अंक बढेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आज सेन्सेटिभ इण्डेक्स १.०९, फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने सामान्य घटेको छ। आइतबार दिन १ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७० स्टकको ३२ हजार ५३३ पटकको कारोबारमा १ अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको ३४ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से सामान्य अंक बढेसँगै दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज थ्रीस्टार हाइड्रोपावर र डोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज ग्रीन भेन्चर्स, रु रु जलविद्युत परियोजना, आशा लघुवित्त र अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। लिबर्टी इनर्जीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १।०६ प्रतिशत बढेको छ। अन्य उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन ०.०२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया