मेडिकल सञ्चालकविरुद्ध मुद्दा

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
प्रहरी प्रवक्ता एवम प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले यही भदौ १९ गते अनुगमनका क्रममा कार्कीले मेडिकल अवैधरूपमा सञ्चालन गरिरहेको फेला पारेको थियो । अवैधरूपमा मेडिकल सञ्चालन गरेको पाइएपछि अनुगमन टोलीले सोही दिन पक्राउ गरेर प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।
प्रहरी निरीक्षक खत्रीले भने, “मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढे पनि क्लिनिक सञ्चालन गरेको पाइएको छ ।”
अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको थियो । चिकित्सकको प्रेसक्रिप्सनबिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएको तथा सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएको बताइएको छ ।

















प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट ‘ब्याक’ भएकाे राप्रपाको गन्तव्य ‘पृथ्वीपथ’
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया