पोखरामा ट्रोपिकाना स्लासमा अखाद्य वस्तु फेला

पोखरा । कास्कीको पोखरास्थित वडा नम्बर ८ को पुरानो घर आँगन रेष्टुरेण्ट एण्ड कटेज झिर हाउसमा ट्रोपिकाना स्लासमा अखाद्य वस्तु फेला परेको छ ।
आईतवार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले निरीक्षण एवं अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको जनाएको हो ।
खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले स्लासमा अखाद्य पदार्थ फेला परेको गुनासो पछि निरीक्षण गर्दा आँखाले देखिने रुपमा नै वाह्य पदार्थ देखिएको र त्यही अनुसार मुचुल्का तयार गरेको बताए । उनले सरकारले अनिवार्य न्युनतम मापदण्ड तोकेको र त्यो मापदण्डअनुसार स्लास न्युन गुणस्तरको रहेको बताए ।
त्यस्तै निमित्त कार्यालय प्रमुख शिवजी बरालले निरीक्षण गरी रिपार्टे पठाएको र खाद्य अनुसार आकर्षण भए कारबाही हुने बताए । निरीक्षणका कारण गुनासोहरु बढीरहेको बताए । बिक्रेतासँग बयान लिएर र निरीक्षण गरी कारबाही हुने बताउनु भयो । त्यस्तै होटल मालिक प्रमोद मरासिनीले पानीले पखाल्ने क्रममा भेटिएको बताए । उनले किनेर ल्याएको ठाउँले ठूलो विषय नबनाउन आग्रह गरेको बताए ।
विज्ञहरुले कतिपय अवस्थामा पूरा नखोलिकन अखाद्य पदार्थ नदेखिने हुँदा सबै नागरिकले जुसहरु खाँदा खोलेर अर्को भाँडामा हाले पिउन सुझाव दिएका छन् ।










यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया