एक हजार करोडको अनलाइन पोन्जी घोटालामा मुछिए गोविन्दा

काठमाडौं। वलिउड अभिनेता गोविन्दाकाे नाम एक हजार करोडको क्रिप्टो-पोन्जी घोटालामा मुछिएकाे छ ।
ओडिशा अपराध शाखाको EOW (आर्थिक अपराध शाखा) ले चाँडै नै अभिनेतालाई यसबारे सोधपुछ गर्ने भएकाे हाे।
भारतीय सञ्चारमाध्यमका अनुसार सोलार टेक्नो एलायन्स (एसटीए) कम्पनी यस घोटालामा संलग्न थियाे । गाेविन्दा पनि यसै कम्पनीसँग सम्बन्धित थिए। उनी यस कम्पनीको एक कार्यक्रममा पनि उपस्थित थिए ।
यस कम्पनीमाथी धेरै देशहरूमा क्रिप्टो लगानीको आडमा घोटाला गरेको आरोप छ।
‘हामी छिट्टै गोविन्दासँग सोधपुछ गर्न एक प्रहरी टाेली मुम्बई पठाउनेछौं। यस सोधपुछमा हामी उहाँलाई कम्पनीसँग सम्बन्धित धेरै प्रश्नहरू सोध्नेछौं। साथै एसटीएकाे कार्यक्रममा भाग लिन उहाँलाई कसले सम्पर्क गरेको थियो भनेर पनि सोध्नेछाैँ’ महानिरीक्षक जेएन पंकजले भने ।
जनरल पंकजका अनुसार गोविन्दा अहिले सम्म न त संदिग्ध न त अभियुक्त नै हुन् । यनले स्टेटटोकन ब्राण्डलाई ब्यापार सम्झौताका रुपमा मात्रै अनुमोदन गरेको अनुसन्धानबाट खुलेको खण्डमा उनलाई यस मुद्दामा साक्षी बनाइने छ ।
इन्डिया टुडेको रिपोर्ट अनुसार गोविन्दा यस वर्ष जुलाईमा एसटीएको एक कार्यक्रममा सहभागी हुन गोवा गएका थिए । यो कार्यक्रम एक लक्जरी होटलमा आयोजित भएको थियो, जसमा गोविन्दा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रम बाहेक गोविन्दाले केहि भिडियोहरु मार्फत पनि एसटीएको प्रचार गरेका थिए ।









बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
हाम्रो मुख्य लक्ष्य चुनाव हो, यसैको वातावरण बनाउँदै छौं : मन्त्री खरेल
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
शान्ति सम्झौताको मर्म र जेनजी युवाका आवाज एउटै छन् : संयोजक प्रचण्ड
प्रतिक्रिया