एक हजार करोडको अनलाइन पोन्जी घोटालामा मुछिए गोविन्दा

काठमाडौं। वलिउड अभिनेता गोविन्दाकाे नाम एक हजार करोडको क्रिप्टो-पोन्जी घोटालामा मुछिएकाे छ ।
ओडिशा अपराध शाखाको EOW (आर्थिक अपराध शाखा) ले चाँडै नै अभिनेतालाई यसबारे सोधपुछ गर्ने भएकाे हाे।
भारतीय सञ्चारमाध्यमका अनुसार सोलार टेक्नो एलायन्स (एसटीए) कम्पनी यस घोटालामा संलग्न थियाे । गाेविन्दा पनि यसै कम्पनीसँग सम्बन्धित थिए। उनी यस कम्पनीको एक कार्यक्रममा पनि उपस्थित थिए ।
यस कम्पनीमाथी धेरै देशहरूमा क्रिप्टो लगानीको आडमा घोटाला गरेको आरोप छ।
‘हामी छिट्टै गोविन्दासँग सोधपुछ गर्न एक प्रहरी टाेली मुम्बई पठाउनेछौं। यस सोधपुछमा हामी उहाँलाई कम्पनीसँग सम्बन्धित धेरै प्रश्नहरू सोध्नेछौं। साथै एसटीएकाे कार्यक्रममा भाग लिन उहाँलाई कसले सम्पर्क गरेको थियो भनेर पनि सोध्नेछाैँ’ महानिरीक्षक जेएन पंकजले भने ।
जनरल पंकजका अनुसार गोविन्दा अहिले सम्म न त संदिग्ध न त अभियुक्त नै हुन् । यनले स्टेटटोकन ब्राण्डलाई ब्यापार सम्झौताका रुपमा मात्रै अनुमोदन गरेको अनुसन्धानबाट खुलेको खण्डमा उनलाई यस मुद्दामा साक्षी बनाइने छ ।
इन्डिया टुडेको रिपोर्ट अनुसार गोविन्दा यस वर्ष जुलाईमा एसटीएको एक कार्यक्रममा सहभागी हुन गोवा गएका थिए । यो कार्यक्रम एक लक्जरी होटलमा आयोजित भएको थियो, जसमा गोविन्दा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रम बाहेक गोविन्दाले केहि भिडियोहरु मार्फत पनि एसटीएको प्रचार गरेका थिए ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया