उच्च अदालतमा रिक्त मध्य आधामात्रै न्यायाधीश नियुक्ति सिफारिस, कारण प्राविधिक कि भागबण्डा ?

काठमाडौं । शुक्रबार बसेको न्यायपरिषद् बैठकले उच्च अदालतमा रिक्तमध्य २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।
बैठकले १८ जना जिल्ला न्यायाधीशबाट, कानुन व्यवसायीबाट ६ जना र न्याय सेवा, सरकारी वकिल र कानुन एक, एक जना गरी २७ जनालाई न्यायाधीशमा सिफारिस गरिएको छ । सिफारिस भएका मध्य एक महिला, ६ जनजाति र एक मधेसी समुदायबाट छन्।
संयोग यस्तो परेको छ कि रिक्त रहेका मध्य ठ्याक्कै आधा मात्रै न्यायाधीश नियुक्तिमा सिफारिस भएका छन् । यसले किन आधा मात्रै सिफारिस भयो भन्ने प्रश्न आम नागरिकले मात्रै होइन, कानुन व्यवसायी न्यायाधीश र सरोकारवालाले गरेका छन् ।
धेरै दिनको बाक्लो छलफलपछि पनि आधा मात्र सिफारिस हुनु भनेको कतै भागबण्डा नमिलेर त होइन भन्ने प्रश्न पनि उब्जिएका छन् । तर, न्याय परिषद् स्रोतले भने प्राविधिक कारणले थोरै न्यायाधीश सिफारिस गर्न सम्भव भएको बताएको छ ।
यसअघि २७ न्यायाधीशको पद खाली भएका बेला बनाइएको मापदण्ड अनुसार छनोटको सूची तयार गरेर नियुक्तिका लागि सिफारिस गरिएको एक परिषद् सदस्यले बताए ।
परिषद्ले उच्च अदालतको न्यायाधीशका लागि कार्यसम्पादनमा अब्बल भएका जिल्ला न्यायाधीश र विशेष श्रेणीका कर्मचारीलाई वरिष्ठताका आधारमा, वर्षमा पाँच वटाका दरले कम्तीमा सय वटा मुद्दामा बहस गरेका र तीन वर्षसम्म निरन्तर आयकर तिरेका अधिवक्ताहरूको आवेदन मागेको थियो।
यो मापदण्डभित्र परेका न्यायाधीश र वकिलहरूको पनि कार्यसम्पादन, फैसला, बहस, नैतिक आचरणलगायत हेरेर सर्ट लिष्टमा परेकाहरू नियुक्तिका लागि सिफारिस भएको निकटस्थ स्रोत बताउँछ ।
परिषद्मा रहेकाहरू केहीले नियुक्ति गर्न तयारी पूरा भइसकेकालाई सिफारिस गरिहालेको बताउँछन् । केहीले भने मापदण्डमै कुरा मिल्न नसक्दा आधामात्रै सिफारिस भएको बताउँछन् । यसले कतै भागबण्डा नमिलेर आधा मात्रै सिफारिस भएका त होइन् भन्ने प्रश्न पनि उब्जिएको छ ।
परिषद्मा प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ र वरिष्ठतम् न्यायाधीश ईश्वर खतिवडा मापदण्डबाट ल्याउँदा राम्रा मान्छे मात्रै पर्छन् भन्ने नहुने मत राख्छन्। अन्य सदस्यहरू भने मापदण्डले बाध्नेहरू नै उपयुक्त हुन्छ भन्ने मत राखिरहेको निकटस्थ स्रोतले बतायो ।
उच्च अदालतका मुख्य न्यायाधीश र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति पनि गर्न बाँकी नै छ। सातमध्ये ६ उच्च अदालत धेरै समयदेखि कायममुकायम मुख्य न्यायाधीशको भरमा चलिरहेका छन्।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया