नेपालमा एम्पीयर इलेक्ट्रिक स्कुटरहरूको बुकिङ खुला, मुल्य कति ?

काठमाडौं । सन् १८५९ मा स्थापित ग्रीभ्स कपास एण्ड कम्पनीको छाता अन्तर्गत रहेको एम्पीयरले नेपाली बजारमा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । छोटो समयमा नै भारतीय बजारमा एक लाखभन्दा बढी फलोअर्स प्राप्त कम्पनीले नेपाली बजारमा पनि आफ्नो उपस्थिति जनाएको हो ।
केडिया इन्टरनेशनल प्रा.लि.ले नेपालमा एम्पीयर (बाइ ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी) इलेक्ट्रिक स्कुटर भित्र्याएको हो । एम्पीयरको स्कुटर आकर्षक डिजाइन, उल्लेखनीय दायरा र आकर्षक सुविधाहरूको साथमा अफोटेबल पाइसमा आएको कम्पनीले जनाएको छ ।
ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले नेपाली दर्शकहरूका लागि दुई असाधारण इलेक्ट्रिक स्कुटर मोडलहरूस् एम्पीयर प्राइमस र एम्पीयर म्याग्नस ईएक्स उतारेको छ । नेपालमा विद्युतीय सवारीको गतिशीलताको भविष्यको अनुभव गर्न उत्साही र पर्यावरण सचेत उपभोक्ताहरूलाई निमन्त्रणा गर्दै एम्पीयरको बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ ।
अत्याधुनिक प्रविधि र भविष्यका विशेषताहरूका साथ डिजाइन गरिएको एम्पीयर प्राइमस, ट्रेलब्लेजिङ इलेक्ट्रिक स्कूटरले ४ किलोवाटको शक्तिशाली पीक पावर र १५७ एनएमको अधिकतम टर्क उत्सर्जन गर्ने क्षमता राख्छ । स्कुटरमा ३ किलोवाट एलएफपी ब्याट्री जटान गरिएको छ । जसले एक पटकको फूल चार्जमा १०७ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
नेपाली बजारमा एम्पीयर प्राइमसको मूल्य ३ लाख ५९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
यस्तै २.३ किलोवाट क्यान सक्षम लिथियम आयन ब्याट्री प्रयोग गरिएको १.८ किलोवाट पीक पावर र ८६ एनएमको टक्र्यू उत्सर्जन गर्न सक्ने एम्पीयर म्यान्ग्रस ईएक्सको मूल्य २ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा नै उपलब्ध गराइएको कम्पनीले बताएको छ ।



















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया