आन्दोलन गदै सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने बैद्य माओवादीका दर्जन कार्यकर्ता पक्राउ
मेरोन्यूज
२०८० असोज ५ गते १४:२४

काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनमा एक्केबद्धता जनाएर आन्दोलन गर्दै सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने मोहन वैद्य नेतृत्वको माओवादीको विद्यार्थी संगठनका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा सहभागी वैद्य निकट विद्यार्थीहरु प्रहरी घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेपछि पक्राउ गरिएको हो ।
शिक्षकहरूले काठमाडौंमा तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । त्यही आन्दोलनलाई मर्थन गर्न पुगेका बैद्य माओवादीको विद्यार्थी संगठनका संयोजक मिलन राईसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको छ ।

सम्बन्धित
















प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया