कोशी ग्यासको सिल प्याक सिलिन्डर नै खाली भेटियो

विराटनगर । कोशी ग्यास उद्योगको सिल प्याक सिलिन्डर रित्तो पाइएको छ । मोरङको बुढिगंगास्थित कोशी ग्यास उद्योगबाट बजारमा बिक्रीका लागि लगिएको सिलप्याक सिलिण्डरमा ग्यास नै नभएको पाइएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो । बूढीगंगा गाउँपालिका–४, नेमुवास्थित कोशी ग्याँस उद्योगले बिक्रीका लागि लगेको ग्याँस विराटनगर–९ ट्राफिक चोक घर भएकी अञ्जना सिंहले खरिद गरेकी थिइन् ।
सिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्याँस हुनुपर्ने भए पनि कोशीको १५ केजी ४ सय ग्रामको सिलिण्डरमा ग्याँस नै नभरेको भेटिएको वाणिज्य कार्यालयले जनाएको छ ।
उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट ग्याँस खरिद गरेकी थिइन् । डिलरबाट ग्याँस डुलाउने चौधरीसँग आफूले ग्याँस लिएकी सिंहले सिलिण्डर जोड्न खोज्दा ग्याँस नभएपछि अचम्मित भएको बताइन् ।
सिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उद्योग निरीक्षण गरेको थियो । कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार उद्योगको निरीक्षण गर्दा कैफियत भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन अनुसार कोशी ग्याँस उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गराएको बस्नेतले बताए । ग्याँसमा उपभोक्तामाथि ठगी भइरहेको देखिएको वाणिज्य कार्यालयले जनाएको छ ।


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया