शनिबार, वैशाख ५, २०८३

लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारण सभा

मेरोन्यूज २०८० असोज ८ गते १०:२४

काठमाडौं। सानिमा बैंक लिमिटेडले १९औं वार्षिक साधारण सभा आब्हान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न बैंकले कात्तिक २ गते साधारण सभा बोलाएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ । बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५ दशमलव ७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु सभाले पारित गर्नेछ।

बैंकले साधारण सभा प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। साेही अनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामाभाग लिनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया