बिहीबार, वैशाख ३, २०८३

ठगी गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

मेरोन्यूज २०८० असोज १२ गते १८:०९

काठमाडौँ । अभिनेता अनमोल केसी ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उपत्यका प्रहरी अपराध महाशाखाले केसीलाई भक्तपुरबाट पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको रेग्मीले जानकारी दिए ।

उनले फिल्म रावायणमा अभिनय गर्न सहमतहुँदै १० लाख रकम लिएको र उनी सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनी विरुद्ध उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो।

एसपी रेग्मीका अनुसार अनमोललाई छलफलका लागि पटक–पटक बोलाउँदा पनि नआएपछि उजुरी र उजुरीसँग संलग्न प्रमाणको आधारमा अदालतबाट पक्राउ अनुमति लिएर शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरिएको हो ।

केसी ‘रामायणु फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए । तर, आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौताा नै नभएको भनेर हिँड्दै आएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा, बानेश्वरमा गएको ८ गते उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया