आपराधिक विश्वासघात अभियोगमा अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । आपराधिक विश्वासघात अभियोगमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
आपराधिक विश्वासघातको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुनः सोमबार अदालतमा उपस्थित गराउनुपर्नेछ ।
पक्राउपछि केसीलाई महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’को कसुरमा जाहेरी दिएको थियो ।
अनमोलले आफूलाई प्रहरीले धरपकड गरेको भन्दै उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएका थिए । तर, देवानी कसुरमा पक्राउ नगर्नु भन्ने आदेश लिए पनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
अनमोलले ‘आपराधिक विश्वासघात’ गरेका कारण करिब डेढ करोड लगानी डुबेको दाबी गर्दै निर्माण युनिटले बिगो भराउन माग गरेको छ ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया