शनिबार, वैशाख ५, २०८३

५.१९ अंक बढेर १९७६.२९ विन्दुमा पुग्यो नेप्से

मेरोन्यूज २०८० असोज १५ गते १५:३७

काठमाडौँ । नेप्से परिसूचक ५.१९ अंक बढेर १९७६.२९ विन्दुमा उक्लिएको छ । आइतबार र बुधबार घटेको नेप्से सोमबार भने सामान्य अंकले बढेको हो । नेप्सेसँगै आज सेन्सेटिभ इण्डेक्स ०.६६, फ्लोट इण्डेक्स ०.३८ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेप्से बढे पनि आज कारोबार रकम सामान्य घटेको छ। २८६ स्टकको ८५ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशत बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको छ।

सोमबार सिवाईसी लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पिपुल्स हाइड्रोपावर र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। बैंकको आज २१ करोड ६८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण शेयर कारोबार बढेको हो। सिटिजन लाइफ इन्स्योरेन्सको करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया