स्वास्थ्यकर्मीको सुरक्षामा समन्वय गर्न स्वास्थ्य मन्त्रालयले गठन गर्यो समिति

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सम्वन्धित निकायबीच समन्वय कायम गर्न समिति गठन गरेको छ । स्वास्थ्यकर्मीमाथि दैनिक हुन थालेका आक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा टंक बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि निरन्तर आक्रमण हुन थालेपछि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ५ अनुसार समिति गठन गरेको हो ।
पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका अवान्छित घटनाका सम्बन्धमा एवं स्वाथ्यकर्मीसँगको सुुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सरोकारवाला निकायसँग समितिले छलफल पनि सुरु गरिसकेको उनले बताए ।
समितिले स्वास्थ्यकर्मीको सुरक्षाप्रतिकुल हुनेगरी कुनै स्वास्थ्य संस्थामा भएका घटनाका सम्बन्धमा जाँचबुझ गर्ने र अनुसन्धानमा सहयोग गर्ने, अदालतको फैसलाअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको तर्फबाट सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति दिलाउने छ ।
ऐनको दफा ३ मा स्वास्थ्य संस्थामा आगलागी गर्नेलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाखँदेखि पाँचलाखसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।
यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउने, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा शारीरिकरुपमा चोट पुर्याउनेलाई तीन वर्षसम्म कैद वा रु तीन लाखसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।
यसैगरी स्वास्थ्य संस्थामा तालाबन्दी गर्ने, उपचारका लागि आएका वा उपचाररत बिरामीहरुको उपचार गर्ने कार्यमा कुनै किसिमको वाधा पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्नेलाई एक वर्षसम्म कैद वा एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।
मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हातपात गर्नेलाई दफा ३ बमोजिम सजायको व्यवस्थालाई अस्पताल परिसरभित्र सबैले देख्ने गरी टाँस्न अनुरोधसमेत गरेको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया