गृहमन्त्री सुन तस्करीको स्वतन्त्र, निष्पक्ष छानबिन गरौँ भन्दा आत्तिए : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करीको स्वतन्त्र, निष्पक्ष छानबिन गरौँ भन्दा आत्तिएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा, सुशासनलगायतका विषयमा गृहमन्त्री श्रेष्ठको आलोचना गर्दै सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको आरोप लगाएका छन् ।
ओलीले गृहमन्त्री श्रेष्ठले सुन तस्करीबारे छानबिन गर्न श्रेष्ठ डराएको बताए । ‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ । १ सय किलो सुन बरामद हुन्छ,’ ओलीले भने, ‘छानबिन गर्दा के बिग्रिन्थ्यो ? महासय तपाईं किन आत्तिनुभयो स्वतन्त्र निष्पक्ष छानबिनसँग ?’
सुशासन अभियान नभएर सरकारको काम भएको बताउँदै ओलीले सरकारले सुशासनको अभियान चलाएको भन्न नहुने बताए । ‘सुशासन सरकारले निरन्तर कायम गर्ने हो कि अभियान हो ? सुशासन भनेको सरकारको नियमित कर्तव्य हो,’ ओलीले भने, ‘सुशासनको अभियान चलाएको त्यसलाई रोक्न विरोधी लाग्या छन् भनेर हेटौंडामा उधुम खोक्नुभयो ।’
प्रतिपक्षमाथि सुशासनको अभियान रोक्न लागेको भनेर गृहमन्त्रीले गलत बोलेको ओलीले बताए । ओलीले श्रेष्ठलाई सुशासन रोक्न कुन विरोधी लागेका हुन् भनेर प्रश्नसमेत गरे ।
भेपमा ल्याएको सुन र सय किलो सुन प्रकरण ढाकछोप गर्न गृहमन्त्री लागेको आरोप ओलीको थियो ।
एक क्विन्टल सुन तस्करीमा संलग्न व्यक्तिलाई छाडिएको तर सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाण पत्र मुद्दामा हत्कडी लगाइएको ओलीको भनाइ छ।
ओलीले पछिल्लो समयमा सरकारहरू स्वेच्छाचारी देखिएको बताएका छन् । सरकार विकास विरोधी रहेको ओलीको भनाइ छ । सरकार जनताप्रति अनुत्तरदायी रहेको बताए । ‘कांग्रेसको नेतृत्वको गठबन्धन, त्यसयता अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार कस्ता देखिएका छन् तपाईं हामी सबैले देखेका छौं, भन्न मिल्नु नमिल्नु, सक्नु नसक्नु बेलग्लै हो । वास्तवमै यी सरकारहरू चरम अनुत्तरदायी गैरजिम्मेवार देखिएका छन्, स्वेच्छाचचारी देखिएका छन्,ु उनले भने, ुविकास विरोधी देखिएका छन् । विकासका कामहरूलाई ठप्प पारेका छन् ।’
















रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
NA passes Film Bill
इजरायलद्वारा वेस्ट ब्याङ्कबाट २३ जना प्यालेस्टिनी पक्राउ
सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : प्रजिअ थपलियाद्वारा मतदानस्थल र मतदान केन्द्रको अनुगमन
नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
प्रतिक्रिया