बुधबार, माघ २८, २०८२

सरकारले संवैधानिक संकट निम्त्याउन खोज्दैछ : ओली

मेरोन्यूज २०८० असोज १६ गते १५:३८

काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकारले मुलुकमा संवैधानिक संकट निम्त्याइरहेको आरोप लगाएका छन् ।

सरकार असहिष्णु भएको ओलीको आरोप छ । ओलीले सरकारले कुनै नियम र कानुन पालना नगरेको पनि बताए । ‘यो गठबन्धन सरकार संविधानमाथि शृंखलाबद्ध हमला गरी संवैधानतिक संकट निम्त्याउँदैछ,’ उनले भने ।

सरकार संविधानप्रति अनास्था फैलाउने कार्यमा क्रियाशील रहेको ओलीको भनाइ थियो । विगतमा संविधानमा फरक धारणा राख्नेहरूलाई पनि स्वीकार गर्ने वातावरण एमालेले बनाएको तर अहिलेको सरकारले भने ठीकविपरीत कार्य गरिरहेको ओलीको तर्क थियो ।

अहिले सरकारले संविधान स्वीकार्नेहरूलाई पनि बाहिर धकेल्न खोजिरहेको ओलीले बताए । संविधान स्वीकार्न सबैलाई स्थान र अवसर दिनुपर्नेमा सरकारले संविधान बाहिर धकेल्ने क्रियाकलापलाई प्रोत्साहन दिइरहेको उनले बताए ।

प्रतिक्रिया