बुधबार, माघ २८, २०८२

मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा सुरु

मेरोन्यूज २०८० असोज १६ गते १६:५०

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बैठक सिंहदरवारमा सुरु भएको हो ।
यो बैठक नियमति भएकोले मन्त्रालयगत विषयमा मन्त्रिपरिषदको बैठकले निर्णय लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भदौं ३० मा अमेरिका र त्यसलगत्तै उतैबाट चीन भ्रम्ण सकेर फर्केेका प्रधानमन्त्रीले आएलगत्तै आकस्मिक मन्त्रिपरिषद्को बैठक राखेर सुन प्रकरण छानविन आयोग र पेट्रोलियम पदार्थका बारेमा निर्णय लिएका थिए ।

त्यसपछि आज बैठक बसेको हो । आज बसेको बैठकले १५ दिनका बीचमा पेन्डिङमा रहेका मन्त्रालयगत निर्णयहरु गर्नेछ ।

प्रतिक्रिया