शनिबार, वैशाख ५, २०८३

एमसीसी परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्छ : प्रधानमन्त्री

मेरोन्यूज २०८० असोज १७ गते १९:०२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसी परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गने बताएका छन् । परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले एमसीसीलाई नेपालले प्राथमिकता दिएको परियोजनाभित्र परेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रधानमन्त्री दाहालले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए । परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने बताए । एमसीसीबाट बनाइने प्रसारण लाइनबाट गुणस्तरीय ऊर्जा उपलब्ध गराउन सम्भव हुने प्रधानमन्त्री दाहालको भनाइ छ ।

नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै प्रधानमन्त्री दाहालले यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा नेपाल सरकारको रहेको बताए ।

एमसीसी सम्झौता भएको ३० अगष्टको दिन नेपाल–अमेरिका सम्बन्धको महत्वपूर्ण मिति भएको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘यो परियोजना नेपाल र अमेरिकाको बढ्दो आर्थिक साझेदारीको प्रतिबिम्ब पनि हो ।’

कार्यक्रममा अर्थमन्त्री डा‍. प्रकाशशरण महतले एससीसी परियाजना नेपालका लागि महत्वपूर्ण रहेको बताउँदै एमसीसी बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले महत्वपूर्ण रहेको उनले बताए ।

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत ९सीइओ० एलिस पिटर्सन अलब्राइटले यसबीचमा आफूले सरोकारवाला सबैसँग भेट र छलफल गरेको र त्यसबाट सबैको बलियो प्रतिबद्धता प्राप्त गरेको बताइन् ।

नेपालले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी भएको भन्दै उनले यसबाट २ करोड २० नेपाली जनता लाभान्वित हुने समेत बताइन् । परियोजना ७५ वर्षको सम्बन्धको कोशढुंगा भएको उनले बताइन् ।

प्रतिक्रिया