बिहीबार, माघ २९, २०८२

बझाङ भूकम्पबाट पीडितलाई तत्काल राहात उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

मेरोन्यूज २०८० असोज १८ गते ९:२०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङका भूकम्प पीडितहरुलाई तत्काल राहात लगायतका अन्य आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले बिहिबार बिहान विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको १२ औ बैठक राखेर त्यस्तो निर्देशन दिएका हुन् ।

मङ्गलबारको बझाङ भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्दार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयनका लागिमा परिषद्को बैठकमा गम्भीर छलफल गदैं प्रधानमन्त्रीले सम्वन्धित निकायलाई त्यस्तो निर्देशन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको पनि प्रधानमन्त्रीको भनाई छ। सरकारका तर्फबाट राहत, उद्दार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने पनि प्रधानमन्त्रीले प्रतिवद्धता ब्यक्त गरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया