प्रधानमन्त्रीलाई सूदुरपश्चिमका नेताहरुको ज्ञापनपत्र : बझाङ भूकम्प पीडितलाई राहत दिन माग

काठमाडौं । बझाङमा गएको भूकम्पबाट मंगलबार भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरू नेतृत्वको सर्वदलीय प्रतिनिधि मण्डलले बुधबार बेलुकी प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो।
भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठूलो क्षति भएको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो।
एक जनाको ज्यान गएको, २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौंको संख्यामा निजी व्यक्तिका घर भत्किएकाले जनता सकसपूर्ण जीवन विताउन बाध्य रहेको अवस्थामा सरकारले राहत प्रदान गर्नुपर्ने कांग्रेस नेता महरले बताए।
महरसँगै प्रतिनिधि सभा सदस्य एवम् बझाङ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी, अछामबाट प्रतिनिधि सभा सदस्य शेरबहादुर कुवर, अछामबाटै प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, संविधान सभा सदस्य धर्मराज विश्वकर्मा, दुर्गाथली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा, नेपाली कांग्रेस बझाङका नेता सत्यराज भण्डारी, बझाङकै कांग्रेस नेता नन्दकृष्ण जोशी उपस्थित थिए।
त्यस्तै कांग्रेस बझाङकै नेता रमेशबहादुर भण्डारी, सुदूरपश्चिम काठमाडौं माओवादी केन्द्र इन्चार्ज पदम जोशी, कांग्रेस नेता पुष्कलबहादुर बोहरा, नेकपा एसका नेता दिपक बहादुर बोहरा, कांग्रेस बझाङका नेता शेरबहादुर खड्का, बझाङका बीरबहादुर गर्धामी, धर्मबहादुर महर, नविक कुमार बम्म, वकिल कुमार गर्धामी, अनिल गुर्धामीको सहभागीता थियो।
नेपाल तरुण दलका केन्द्रीय सदस्य जनक चटौत, इन्जिनियर गोरखराज जोशी, ज्ञानबहादुर बोहरा, इन्जिनियर विजय खाती, नविन गिरी, प्रेमराज जोशी, कमल थापा, रोषन रावल, सन्देश थापा, धनप्रसाद जोशी, केसव पुरी, केदार कार्की, सुप्रभात भण्डारी, बन्द्रीप्रसाद सञ्जेल, रामचन्द्र सुवेदी र शुष्मा सिटौलाको सहभागीता रहेको थियो।
प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफू स्थलगत निरीक्षणमा जाने र १८ गते नै राहत उद्धारका लागि बैठक डाँकिएको बताएका थिए।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया