नेप्से ११.०४ अंक घट्यो

काठमाडौँ । नेप्से परिसूचक ११.०४ अंक घटेर १९५६.९२ विन्दुमा झरेको छ। बुधबार ९.२४ अंक बढेर बन्द भएको नेप्से, साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको हो ।
आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.५३, फ्लोट इण्डेक्स ०.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधबार १ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २८० स्टकको ५० हजार ६९ पटकको कारोबारमा १ अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको ३५ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३० प्रतिशत बढेको छ। त्यसैगरी, इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत घटेको छ। त्यस्तै, मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको यस दिन ४ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नबिल बैंक, सोल्टी होटल, सन नेपाल लाइफ र हिमालयन लघुवित्तको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। बिहीबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत घटेको छ।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया