कोरोला नाकासम्मको पूर्वाधार निर्माण चाँडो सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खुलाउन सरकारको तयारी गरिरहेको जनाउँदै त्यहाँसम्म पुग्नका लागि सडकलगायतका आवश्यक पूर्वाधार निर्माण चाँडो सक्नुपर्नेमा जोड दिएका छन् ।
मुस्ताङस्थित कोरोला नाकाको २४ नं सिमास्तम्भको स्थलगत निरीक्षण गर्दै उनले भने, “तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिन्छ, हाम्रोतर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ ।” नाका खोल्ने योजना भइरहँदा तिब्बततर्फ सबै तयारी भइसकेका अवस्थामा मुस्ताङतर्फ कुनैपनि संरचना नहुँदा समस्या आउनसक्ने उनले भने ।
सुरक्षा जाँच, भन्सार सञ्चालन आदिका लागि हाम्रो तर्फबाट पनि सडकलगायतका आवश्यक भौतिक पूर्वाधार निर्माण जरुरी रहेको उनले भनाइ छ ।
उनले हाल रहेको भन्सार र सुरक्षा जाँच नाकाभन्दा पिल्लर भन्दा नौ किलोमिटर तल रहेको उल्लेख गर्दै उनले नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारी आवतजावत गर्न सक्ने बनाउनेतर्फ सरकारको ध्यान गएको बताए ।
“कोरोला नाकासम्मको सडक पनि सङ्घ सरकारको गौरवको योजना हो, यसमा प्रदेश सरकारले पनि सहकार्य गरेको छ”, उनले भने, ।
निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको जनाउँदै उनले छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाव सिर्जना गर्ने बताए । नाका सञ्चालन सम्बन्धमा सङ्घ सरकार, प्रधानमन्त्री एवम् सम्बन्धित निकायसँग छलफल भइरहेको मुख्यमन्त्री पाण्डेले बताए ।
सीमा नाका निरीक्षणसँगै गण्डकी प्रदेशस्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्लास्तरीय सुरक्षा समितिको बैठक पनि कोरोलामा बसेको थियो । बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशिलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाय, स्थानीयको आवश्यकता लगायतमा छलफल भएको थियो ।
उक्त निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेशसभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचनलगायतको सहभागिता थियो । मुख्यमन्त्री सहितको टोलीले सिमावर्ती क्षेत्रको गाउँमा पुगी छलफलसमेत गरेको थियो । प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था, चालु वर्षमा बिनियोजित रकम, स्थानीयका समस्या र यसबारे प्रदेश सरकारले गर्न सक्ने सहयोग एवम् भूमिकालगायतका विषयमा छलफल गरिएको थियो ।
















HoR polls: Over 15 million ballot papers printed for FPTP category
The machine suddenly fell aboOne killed and another injured as machine falls from Fast Track construction site
दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने
निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा
काठमाडौँमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया