मंगलबार, माघ २७, २०८२

कोशीका मुख्यमन्त्री कार्कीले आज पाउलान् विश्वासको मत ?

मेरोन्यूज २०८० असोज २० गते ७:३५

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधान अनुसार ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्छ ।

कार्कीले विश्वासको मत पाउने बलियो आधार बनिसकेको छैन ।

प्रदेश सभामा एमालेसँग ३९ मत मात्रै छ । यहाँ कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६ एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन्।

केन्द्रीय सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले अहिले सरकारलाई विश्वासको मत दिने संकेत गरेका छैनन् । राप्रपाले पनि विश्वासको मत नदिने बताइरहेको छ ।

यसअघि प्रदेश सभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए । यसपटक भने उपसभामुखले मत हाल्न पाउने छैनन् ।

यस्तो अवस्थामा कार्कीलाई विश्वासको मत पाउन निकै सकस पर्ने देखिन्छ ।

प्रतिक्रिया