गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड

काठमाडौँ । ‘दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन् । तामाङ सेलो गीत ‘सगुन छ्योइजी’बाट उनले अवार्ड प्राप्त गरेकी हुन् ।
एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्ड चावहिलको सभाहलमा सम्पन्न भएको हो ।
एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख बिजेन्द्र नौबागे को सभापतित्वमा कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।
बिरिसु मिडियाका निर्देशक समेत रहेका स्याङ्तान रोयल फिल्मसले आयोजना गरेको चौथो ज्योति फिल्मस अवार्डमा कला सम्मान,पहिलो लाङ्टाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट सेलो गायिकाको अवार्ड, सुपादेउराली म्युजिक प्रा.ली.द्धारा सम्मानित भइसकेकी छिन् ।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया