चाडपर्वमार्फत सद्भाव फैलाउन अध्यक्ष ओली आग्रह

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सद्भाव फैलाउन आग्रह गरेका छन् ।
एमाले सम्पर्क समन्वय कमिटीले आज दसैँ–तिहार नेपाल सम्वत, छठपर्वको अवसरमा आज काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले भने, “हाम्रो मुलुक भौगोलिक विविधिता भएकाले चाडपर्बमार्फत सामाजिक सद्भाव फैलाउनुपर्छ ।”
अध्यक्ष ओलीले आफ्नो विचार अरुले अनुशरण गरेर लाभ लिन सकुन् भनेर सामाजिक सञ्जालमा केही लेख्नुपर्ने पर्ने बताए । “फेसबुकमा स्टाटस लेख्छौँ भने अर्थपूर्ण लेख्नुपर्यो”, उनले भने, “स्टाटस लेख्दा गलत कुराको खण्डन र सही कुराको समर्थन र पक्षपोषण हुनुपर्दछ ।”
सामाजिक सञ्जालमा समाजलाई हानी पु¥याउने अश्लिल, उत्ताउलो खालका कुरा नलेख्न अध्यक्ष ओलीले आग्रह गरे । सबैको भलाइको निम्ति सचेतना फैलाउने तरिकाले सामाजिक सञ्जालमा लेख्नुपर्नेमा जोड दिँदै उनले समाजलाई ठीक ठाउँमा लैजानका लागि राजनीतिक आवश्यक रहेको बताए ।
अध्यक्ष ओलीले हाम्रा चाडपर्व सामाजिक मूल्य–मान्यतासँग जोडिएको भन्दै चाडअनुसार मानिसको परिस्थिति पनि मिल्ने बताए । उनले अहिले नयाँ लुगा फेर्न र मिठो खानका लागि दसैँ पर्खने अवस्था कम मानिसमा रहेको बताए । “पहिले मिठो खान र लगाउन दसैँ पर्खनुपर्दथ्यो । त्यस्तो अवस्थामा थियो हाम्रो देश । आज त्यस्तो अवस्था छैन”, उनले भने, “अझै पनि केही मानिसलाई मिठो खाना र नयाँ लुगा लगाउनका लागि दसैँ पर्खनुपर्ने अवस्था रहेको छ । त्यो चिन्ताको विषय हो ।”
अध्यक्ष ओलीले ऋण बोकेर चाड नमाउन आग्रह गरे पनि अझै पनि केही मानिसलाई ऋण बोकेर दसैँ मनाउने गरेको बताए । उनले दसैँलाई सत्यको दियो जगाउने चेतनाको प्रकाश पुर्याउने चाडपर्वका रूपमा मनाउन आग्रह गरे ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया