इजरायलको बंकरमा फसेका विद्यार्थीहरूको आजै उद्धार हुन्छ : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । इजरायलमा बंकरमा फसिरहेका नेपाली विद्यार्थीहरूको आजै उद्धार गर्ने सरकारले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बंकरमा फसिरहेका विद्यार्थीहरू र इजरायलका सरकारी अधिकारीहरूसँग आफूहरू नियमित सम्पर्कमा रहेको बताएका छन् ।
इजरायली पक्षले तीन घन्टाभित्रै बंकरमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्ने जवाफ दिएको उनले बताए।
उनले आफूहरूले हिजैदेखि विद्यार्थीहरूको उद्धार गर्न आग्रह गरेको भए पनि इजरायल पक्षले बाटोमा अझै खतरा रहेको भन्दै बंकरबाट विद्यार्थी निकाल्न नमानेकाले उद्धारमा ढिलाइ भएको बताएका छन् ।
‘हमास समूह लुकिछिपी बसेको आशंका गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बंकरको विद्यार्थीलाई निकाल्न केही ढिलाइ भएको छ,’ मल्लले भने, ‘आज उद्धार गर्छौं भनेका छन्। नेपाली दूतावासले समन्वय गरिरहेको छ। हामी पनि बंकरमा रहेका विद्यार्थीसँग नियमित सम्पर्कमा छौं।’
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली छन्। उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। साथै इजरायलमा विभिन्न विश्वविद्यालयबाट दुई सय ६५ जना विद्यार्थी अध्ययनका लागि पुगेका थिए।
















सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया