मंगलबार, माघ २७, २०८२

कोशी सरकारबारे काठमाडौंमा बहुपक्षिय भेटवार्ता

देउवा–प्रचण्ड वार्ता हुँदै, आजै प्रचण्ड र राजेन्द्र लिङ्देनबीच पनि छलफल हुने

मेरोन्यूज २०८० असोज २३ गते १२:४०

काठमाडौं । कोशी प्रदेश सरकार निर्माणका बारेमा राजनीतिक दलहरुका बीचमा बहुपषिय भेटवार्ता हुन थालेका छन् । संविधानको धारा १६८ ५ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले आगामी २६ गते शुक्रबार साँझ ५ बजेसम्मको समयवाधि दिएकाले पनि दलहरुले द्दिपक्षिय बुहपषिय छलफल थालेका हुन् ।

कोशीमा केन्द्रीय गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी एकातिर उभिँदा राप्रपा निणाृयक शक्तिका रुपमा देखा परेको छ । एमालेसँग एक्लै उपसभामुखसहित ४० मत छ । राप्रपाको ६ मत छ । अन्य गठबन्धनसँग ४७ मत छ । सरकारको बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

संविधानको धारा १६८(५) अनुसार बन्ने अबको सरकारले पनि ३० दिनभित्र प्रदेश सभामा बहुमत सिद्द गर्न नसकेमा कोशी प्रदेशसभा विघटन भई स्वतः मध्यावधीमा जानेछ । मध्यावधी रोक्न पनि कोशीमा सरकारका बारेमा नेताहरुले छलफल तीब्र बनाएका हुन् ।

एमालेले भने आफुहरु मध्यावधी रोक्न लचक हुने बताईसकेको छ । तर उसले कोन्द्रीय गठबन्धन भत्काउन प्रयास जारी राखेकोले गठबन्धनका नेताहरु एमालेसँग भन्दा राप्रपालाई फकाउने प्रयासमा लागेका छन् ।

कंग्रेस सभापति शेरवहादुर देउवाले कोशी सरकारका बारेमा पार्टी पदाधिकारीहरुसँग एक चरण छलफल गरिसकेका छन् । उनले आजै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने तयारी गरेका छन् ।

गठबन्धनभित्रबाट कांग्रेसका दल नेता उद्दव थापा, प्रदेश सभा सदस्य केदार कार्कीले लगायत नेताहरु कम्मर कसेर लागेका छन् । माओवादीभित्र पनि दल नेता इन्द्र आङङो मौसमले अब कांग्रेसले माओवादीलाइृ छोडनुपर्ने बताईरहेका छन् ।

गठबन्धनभित्रै मुख्यमन्त्रीमा नेताहरुको कुरा नमिलिरहेका बेला नेताहरुले केन्द्रमा मुख ताकिरहेका छन् । केन्द्रमा नेताहरुले आजबाट छलफल तिव्र बनाउन लागेका हुन् ।

कांग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री प्रचण्डका बीचमा छलफल लगत्तै प्रधानमन्त्रीले आजै राप्रपाका अध्यक्ष राजेन्द्र लिङङेनसँग पनि छलफल गदैछन् । गठबन्धन दलले ६ सिट रहेको राप्रपालाई मध्यावधी रोक्नकै लागि भएपनि सभामुखमा मनाएर सरकार बनाउने कोसिस गर्न लागेको छ । कोशीमा सभामुख सरकारका कारण फालाफाल छ ।

नैतिकताका आधारमा उद्धव थापा मुख्यमन्त्री बन्न नहुने बताउँदै आएका छ ।

प्रतिक्रिया