एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा संयोजक अब्दुल बासिदको युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी कार्यकालका लागि युवा उपाध्यक्ष पदका दावेदार अब्दुल युवा लक्षित कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् ।
१८ वर्षदेखी कतारलाई कर्मथलो बनाउँदै आएका अब्दुलले हाल नेपाल, कतार र बेलायतमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्स भित्र्याएका अब्दुलले सयौंको संख्यामा नेपालीहरुलाई रोजगारी प्रदान गरेका छन् ।
गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्ष लागि उम्मेदवारी घोषणा गरेका अब्दुलले स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न आफू लागि पर्ने बताए ।
कर्मथलो विदेश भए पनि स्वदेशमा लगानी गरेर धेरै नेपालीहरुलाई रोजगारी दिने अब्दुलले बताए । उनले विदेशमा व्यवसाय गरिरहेका साथीहरुलाई स्वदेशमा लगानी गर्न पनि अपिल गरेका छन् । बिगतमा एनआरएनए कतार र एनआरएनए आईसीसी लगायत विभिन्न संघसंस्थामा रहेर बटुलेको अनुभबलाई आगामि कार्यकालमा अझ उपयोग गर्ने उनले बताएका छन् ।
युवा पुस्ताका मुद्धाहरु स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीहरुलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकहरुका आवाजलाई शसक्त रुपमा उठाउँन समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
युवाको वृहत सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउँने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता आफ्ना मूल मुद्दाहरु रहेको कुरामा उनले जोड दिए ।
‘आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर संगठन र देशका लागि केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी निर्णय गरेको छु ।’ उनले भने, ‘गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्षमा मलाई जिताएर सबैले सघाउनु हुनेछ भन्नेमा विश्वास लिएको छु ।’
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया