अर्घाखाँचीमा वार्षिक समीक्षा सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा रहेका सङ्घीय तथा प्रदेश मातहतका सरकारी कार्यालयहरूको वार्षिक समीक्षा कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिको कार्यालयको आयोजनामा जिल्लामा रहेका सङ्घीय, प्रदेश सरकार मातहतका कार्यालय तथा स्थानीय तहले गत आर्थिक वर्षमा गरेका सेवा प्रवाह तथा विकास निर्माणको समीक्षा गरिएको थियो ।
दुई दिनसम्म चलेको उक्त कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले उद्घाटन गरेकी थिईन् । सबै कार्यालय समीक्षा कार्यक्रममा उपस्थित भए पनि राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र भैरहवास्थित सङ्घीय आयोजना कार्यान्वयन इकाईका प्रमुख तथा प्रतिनिधि उपस्थित भएनन् ।
जिल्लामा २० वटा सङ्घीय कार्यालय ११ वटा प्रदेश कार्यालय गरी जम्मा कुल ३७ कार्यालय छन् । सङ्घीय, प्रदेश र स्थानीय तहमा अर्घाखाँचीमा आव २०७९÷८० मा कुल रु १३ खर्ब ७४ अर्ब ५५ करोड ५० हजार पाँच सय २७ बजेट विनियोजन भएकामा कुल ८३ दशमलव २४ प्रतिशत खर्च भएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य बिजुला रायमाझी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललगायत जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको उपस्थिति थियो ।
















Infrastructures development face systemic problems: President Thapa
Nepal Batas MAW Commercial Vehicles Expands Volvo Eicher Network with New 3S Facility in Itahari
जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
नेकपाको मागअनुसार सिंगाे मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड
बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया