सोमबार, माघ २६, २०८२

मुख्यमन्त्रीमा पेश गरेको दाबी फिर्ता लिन केदार कार्कीलाई कांग्रेसको आग्रह

मेरोन्यूज २०८० असोज २६ गते १४:०३

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले केदार कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन आग्रह गरेको छ ।

बिहान बसेको बैठकले कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई पनि हस्ताक्षर फिर्ता लिन आग्रह गरेको प्रदेश महामन्त्री उमेश थापाले जानकारी दिए । बैठकले पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गरेको उनले बताए ।

बैठकले केन्द्रले थप केही निर्देशन दिएमा त्यसको निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय छ ।

केन्द्रले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरे पनि सांसद कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका छन् ।

प्रतिक्रिया