आइतबार, माघ २५, २०८२

विष्णुपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

मेरोन्यूज २०८० कार्तिक ४ गते १५:०५

राजविराज । हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–१ का ३५ वर्षीय रेमन्त साह रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिए ।

सो दुर्घटनामा घाइते भएका साहलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

राजविराजबाट पश्चिम जाँदै गरेको स१०प ४७२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।–––

प्रतिक्रिया