गायक चक्र बमसहित जुवा खेलिरहेका ९ जना पक्राउ
मेरोन्यूज
२०८० कार्तिक १५ गते ७:५२

काठमाडौं । काठमाडौँको मैतिदेवीबाट प्रहरीले जुवा खेलेको आरोपमा गायक र कलाकारसहित ९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा मैतिदेवीमा रहेको नृत्य ‘डान्स फिभर’का सञ्चालक भोजपुर घर भएका गणेश विष्ट, अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, गायक चक्र बम, कलाकार सुलेमान शंकर ‘इकु’ र कोरियो ग्राफर नरेन्द्र विष्ट छन्।
यस्तै रोशन सिंह, शंकरप्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई शनिबार नै पक्राउ गरेको भए पनि सार्वजनिक गरिएको थिएन।
उनीहरुको साथबाट एक लाख ९० हजार ९२० रुपैयाँ र एक बुक ताससमेत बरामद गरिएको प्रहरीले जनाएकाे छ।
पक्राउ परेका उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।
सम्बन्धित


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया