सर्लाहीमा तीव्र गतिको मोटरसाइकल बिग्रिएको ट्रकमा ठोक्किँदा २ जनाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दीमा दुर्घटना भएको छ । विहीबार रातीको समयमा तीव्र गतिको मोटरसाइकल बिग्रेर सडकमा रोकेर राखेको ट्रकमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लालबन्दी- १७ स्थित कालिञ्जोर पुल नजिक विहिबार राती भएको दुर्घटनामा परि सर्लाहीकै हरिवन नगरपालिका- ११ का दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मृत्यु हुनेमा हरिवन-११ का २८ वर्षीय मुकेशकुमार गुप्ता र सोही ठाउँका ३५ वर्षीय सुनिलकुमार गुप्ता रहेका छन्।
राति करिब १० बजे ट्रक बिग्रिएपछि गाडी सडकमै छाडेर चालक र सहचालक मर्मतको लागि मिस्त्री खोज्न लालबन्दी बजारतर्फ गएको बेला घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि गम्भीर घाइते भएका मुकेशलाई उपचारको लागि महोत्तरीको बर्दिबास लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनको शव हाल बर्दिबासमै छ। सुनिलको शव भने परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय लालबन्दीले ट्रक चालकलाई पक्राउ गरेको छ।
















जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
नेकपाको मागअनुसार सिंगाे मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड
बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
बतास एमएडब्लूद्वारा इटहरीमा नयाँ फ्यासिलिटीसहित भोल्भो आइशर शोरुमको उद्घाटन
लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया