भूकम्प प्रभावितको राहतका लागि तत्काल १० लाख दिने एनआरएनएको घोषणा
मेरोन्यूज
२०८० कार्तिक १८ गते १०:४०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितलाई राहतका लागि तत्काल १० लाख रुपैयाँ दिने भएको छ।
शनिबार बिहान एक बिज्ञेप्तिमार्फत एनआरएनएले भूकम्पले भएको मानविय र भौतिक क्षतिप्रति दु:ख व्यक्त गदै उक्त रकम सरकारको राहत कोषमा तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो ।
साथै, भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई एनआरएनएले आग्रह गरेको छ।
शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया