तीस तस्विरमा हेर्नुहोस् कर्णालीको विनासकारी भूकम्प

काठमाडौं । पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा शक्तिशाली भूकम्प गएको छ । ६.४ म्याग्नेच्युडको भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिम दुई जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ ।
शुक्रबार मध्यराति ११स्४७ बजे जाजरकोट रामी डाडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा परी यो समाचार तयार पार्दासम्म १५७ जनाको निधन भएको छ ।
जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको प्रहरीले वताएको छ ।
तर, भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिकामा घरहरु प्राय सबै भत्केपनि मानवीय क्षति नभएको अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिएका छन्।
भूकम्पपछि बारेकोटमा विद्युत अवरूद्ध भयो। सञ्चार पनि विच्छेदित भएको छ।
उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा खटिएका छन्। अहिले उद्धारका लागि १२ सय भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।
नेपाल प्रहरीका ८ सय भन्दा बढी प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। यस्तै नेपाली सेनाको विभिन्न युनिटको टोली पनि खटिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं बिहानै घटनास्थलको आफै अवलोकनका लागि पुगेका थिए ।
उनले भोलि बिहान मनित्रपरिषद्को बैठक बोलाएर राहत र पूर्नस्थापनाका लागि सरकारको तर्फबाट निर्णय लिने जनाएका छन् ।
बिहान देखि अपरान्ह्रसम्म प्रधानमन्त्री आफै भूकम्प प्रभावित क्षेत्रमा पुगेर देखाएको सक्रियताको सबैले स्वागत गदैं अब सरकारले राहात र पूर्नस्थापनाका लागि तत्काल निर्णय लिन आग्रह पीडितहरुले गरेका छन् ।
तस्बिरहरू














































प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया