चार दिनपछि २१.३० अंक बढ्यो नेप्से परिसूचक

काठमाडौँ । चार कारोबार दिनको निरन्तर गिरावटपछि नेप्से परिसूचक २१.३० अंक बढेर १८४७.५४ विन्दुमा पुगेको छ। गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, सोमबार बढेको हो । ४ कारोबार दिनमा ५२.४४ अंक घटेको थियो ।
आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.८३, फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ।
नेप्से बढे पनि आज कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। सोमबार ९७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८३ स्टकको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको छ।
मंगलबार हाथवे इन्भेष्टमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य यस दिन ३३ रुपैयाँ २० पैसा बढेर ३६५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ९.९३ प्रतिशत र आशा लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। लक्ष्मी लघुवित्तको शेयरमूल्य आज सर्वाधिक ४.२८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। होटलको ६ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हाथवे इन्भेष्टेमन्ट र हिमालयन बैंकको संस्थापक शेयर साढे ३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
सोमबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्।

















२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२२५ केजी गाँजासहित दुई जना पक्राउ
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया