श्रीमती हत्या आरोपमा लालु बिक पक्राउ

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–१ मा बस्दै आएका ३३ वर्षीय लालु बिक श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।
श्रीमतिको गत जेठ १९ गते हत्या गरेर लालुले जेठ २३ गते २८ वर्षीया श्रीमती गोपी विक कसैलाई जानकारी नदिएर सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन प्रहरी चौकी नाङ्लेमा निवेदन दिएका थिए । उनले असार १० गते प्रहरी प्रभाग साँखुमा खोजी गरिदिन श्रीमती गोपीको हुलियासमेत छाडेका थिए।
तर मृतक गोपीका भाई गोपाल विकले खोजतलास गरी पाउँ भन्दै प्रहरीमा अर्को निवेदन दिएपछि अनुसन्धान गर्दै जाँदा हत्यामा पती लालुको संलग्नता रहेको खुलेको प्रहरीले बताएको छ ।
साउन २९ गतेदेखि फरार लालु भागेर भारत पुगेका थिए। कात्तिक ५ गते काठमाडौं आएको भन्ने खबर पाएपछि प्रहरीले गोकर्णेश्वर नगरपालिका–८ मालकबारीबाट पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा प्रहरीले गरेको सोधपुछमा उनले श्रीमती गोपीको आफैंले हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।
प्रहरीमा दिएको बयान अनुसार जेठ १९ गते बिहान ६ बजेतिर सामान्य घरायसी विवादका क्रममा झगडा हुँदा टाउको लगायत शरीका विभिन्न अंगमा प्रहार गरी हत्या गरेको बताए। लालुले हत्यापछि उनले गोपीको शवलाई दुई टुक्रा पारेर जेठ २० गते बिहान १ बजेतरि दुईवटा बोरामा हालेर मोटरसाइकलमा राखी घरभन्दा केही दूरीमा रहेको देउराली सामुदायिक वनमा लगी आफैंले गोल पोल्ने गरेको खाल्डोमा पुरेको बयान दिएका छन् ।
उनको बयानपछि प्रहरीले उनलाई साधमा लिएर शव गाडेको भनिएको खाल्डो खोतल्दा करिब पाँच फिट जतिको गहिराईमा दुई बोराभित्र हालिएको शवका दुई टुक्रा फेला परेका प्रहरीले जनाएको छ ।
















30 Killed in Traffic Accident in Northern Nigeria
Three youths from Khotang dead, one missing in coal mine blast in India’s Meghalaya
भोजपुर को ४७५जना आँखा रोगीले गाउँघरमै पाए सेवा
बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया